site stats
बाह्रखरी फोटो
तस्बिरमा हेर्नुहोस् भोटो देखाउने जात्रा

काठमाडौं । वर्षा र सहकालका देवताका रूपमा मानिने रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा ललितपुरमा सम्पन्न भएको छ । बिहीबार जावलाखेलमा विशेष समारोहकाबीच मच्छिन्द्रनाथको भोटो देखाइएपछि रथजात्रा पनि औपचारिक रूपमा सम्पन्न भएको हो ।

Bhoto Jatra (13)1685016794.jpg

राष्ट्रपति रामचन्द्र पौडेल मच्छिन्द्रनाथको भोटो अवलोकन गरेका थिए । सोही अवसरमा राष्ट्रपति पौडेलले मच्छिन्द्रनाथको दर्शन गरेका थिए । समारोहमा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलगायतको पनि उपस्थिति थियो ।

Himalayan Bank
Agni Group

Bhoto Jatra (12)1685016791.jpg

मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट जावलाखेल पुर्‍याएको चार दिनपछि भोटो देखाउने जात्रा हुने परम्पराअनुसार भोटोजात्रा मनाइएको हो । मच्छिन्द्रनाथलाई अन्नदाता, पानी पार्ने देवताका रूपमा तथा अनिष्ट र अनिकाललाई सामना गर्ने देवताका रूपमा मानिने भएकाले पनि यसको पुरातात्विक, ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्त्व रहेको छ ।

Global bank

Bhoto Jatra (12)1685016791.jpg

Bhoto Jatra (11)1685016790.jpg

Bhoto Jatra (10)1685016788.jpg

Bhoto Jatra (9)1685016787.jpg

Bhoto Jatra (8)1685016784.jpg

Bhoto Jatra (7)1685016783.jpg

Bhoto Jatra (6)1685016781.jpg

Bhoto Jatra (5)1685016780.jpg

Bhoto Jatra (3)1685016777.jpg

Bhoto Jatra (1)1685016773.jpg

Bhoto Jatra (4)1685016777.jpg

Bhoto Jatra (2)1685016773.jpg

 

तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १८:०१
प्रतिक्रिया दिनुहोस्