
काठमाडौं । धर्ना दिन बालुवाटारका लागि हिँडेका मिटरब्याजपीडितहरूलाई प्रहरीले बिच बाटोमै रोकेको छ ।
मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिको अगुवाइमा बुधबार प्रधानमन्त्री निवास बालुवाटारमै धर्ना दिन शान्तिबाटिकाबाट हिँडेका थिए । तर, प्रहरीले उनीहरूलाई नक्साल भाटभटेनीस्थित पिपलबोटमै रोकेको छ ।
सरकारले सोमबार मात्र मिटरब्याजपीडितका समस्या समाधानका लागि तीन सदस्यीय आयोग गठन गरेको छ । तर, विभिन्न जिल्लाबाट काठमाडौं पुगेका पीडितहरूले आन्दोलनलाई जारी राखेका छन् ।
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी
प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९ १५:४४
प्रतिक्रिया दिनुहोस्