site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Nabil BankNabil Bank
देउवाले जब ओली र प्रचण्डतिर लम्काए हात... (तस्बिरहरू)
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा मंगलबार प्रतिनिधिसभाको रोस्ट्रममा उपस्थित भए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत मागेपछिको छलफलका क्रममा सहभागी हुन उनी त्यहाँ पुगेका थिए ।

उनले वर्तमान सरकारमा कांग्रेस सहभागी नहुने गरी प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताए । “प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी नहुने र संघीय संसद्मा प्रमुख विपक्षी दलको रूपमा भूमिका निर्वाह गर्ने निर्णय गरेको छ,” देउवाले भने ।

आफ्नो मन्तव्य सकाएर उनी आसनतर्फ फर्कंदै थिए । त्यसक्रममा पहिलो लहरको आसनमा बसेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीतर्फ हात लम्काए । उनले सौहार्दपूर्ण अभिवादनका लागि हात लम्काएका थिए । ओली पनि आसनबाट उठे । मुस्कुराउँदै आफ्नो हात अघि बढाए । दुई नेताले हात मिलाए ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसपछि देउवा अघि बढे । उनी प्रधानमन्त्री प्रचण्ड बसेको आसननजिक पुगे । प्रचण्ड मुस्कुराउँदै उठे । देउवाले हात लम्काए । प्रचण्डले आदरभावसहित हात अघि बढाए । यी दुई नेताले पनि हात मिलाए । त्यसपछि देउवा आफ्नो आसनमा गएर बसेका थिए ।

नेताहरूबीचको यो सौहार्दपूर्ण अभिवादनले प्रतिनिधिसभा बैठकको माहोलमा बेग्लै रौनक छाएको थियो ।

Global Ime bank

थप तस्बिर हेर्नोस्–

324753592_1179708949316836_8374705363357637261_n1673349251.jpg

324494904_457607676585779_7127350973348377211_n1673349250.jpg

324534180_1650852632002096_3792036104275744511_n1673349247.jpg

324688617_6126171534094505_8041887613790710478_n1673349246.jpg

325001434_836585840765879_1847228477863371032_n1673349242.jpg

324573830_1222181155315203_5755675511838749075_n1673349241.jpg

 

प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९  १६:५४
NIBLNIBL
प्रतिक्रिया दिनुहोस्