काठमाडौं । मंगलबार सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
सरकारकातर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा उनले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
त्यसअघि उनी उच्च सुरक्षा घेरामा बानेश्वर पुगेकी थिइन् । उनलाई उच्चस्तरको सुरक्षा दिइएको थियो । उनलाई सुरक्षा दिएका गाडी तथा मोटरसाइकलले साइरन बजाएर कुदिरहेकाबेला सर्वसाधरणले फुटपाथबाट चासो दिएर हेरेको देखिन्थ्यो ।
उनलाई वरिपरि मोटरसाइकल र गाडीहरूले घेरेका थिए । त्यसमाथि अगाडि र पछाडि घोडाहरू थिए ।
त्यतिबेला सडक खाली गरिएको थियो ।
हेर्नुहोस् भिडियो :
तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी
प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९ २०:५२
प्रतिक्रिया दिनुहोस्