काठमाडौं । नेकपा (एमाले)निकट विद्यार्थी संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा काठमाडौंका प्रदर्शन गरेको छ ।
अनेरास्ववियुले सोमबार काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पस अगाडि मसाल जुलुस प्रदर्शन गरेको हो ।
प्रदर्शनकारीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै सरकारविरुद्ध नारा लगाएका थिए । उनीहरूले सरकारले मूल्यवृद्धि फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
नेपाल आयल निगमले सोमबार मध्यरातदेखि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रति लिटर १० रुपैयाँ वृद्धि गरेको थियो । ग्यासमा पनि प्रतिसिलिन्डर २०० रुपैयाँ बढाएको थियो ।
तस्बिरहरू : अभिषेक श्रेष्ठ/बाह्रखरी
प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९ १९:०८
प्रतिक्रिया दिनुहोस्