काठमाडौं । नेपालमा अहिले बाह्य पर्यटक नभए पनि आन्तरिक पर्यटन प्रवद्र्धन भने बढेको पाइएको छ ।
लामो समयसम्म कोरोनाको कहरका कारण बाहिर निस्कन नपाएका आन्तरिक पर्यटकको चहल पहल बढ्न थालेको छ ।
यसले गर्दा सुस्ताएको पर्यटन व्यवसायलाई पनि राहत मिलेको छ । करिब एक दशकअघि खुलेको मार्दी हिमाल बेस क्याम्प अर्थात् मार्दी पदमार्ग पनि यसपटकको दसैंको बेलामा व्यस्त देखिन्थ्यो । यस पदमार्गमा अधिकांश पर्यटक आन्तरिक नै थिए । यहाँ आन्तरिक पर्यटक लोभिनुको मुख्य कारण छोटो दुरी र सजिलो यात्रा नै हो ।
प्रस्तुत छ सोही पदमार्गमा पुगेर जीवन भाइले लिएका केही तस्बिरहरु
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८ ११:५९
प्रतिक्रिया दिनुहोस्