-1741853945.jpg)
काठमाडौं । देशका हिमाली तथा पहाडी जिल्लामा होलीको रौनक सुरु भएको छ । काठमाडौंमा वसन्तपुरसहितका स्थानमा युवाहरूले हर्षोल्लासका साथ होली मनाइरहेका छन् ।
होलीको माहोलमा चीनबाट आएका फोटोग्राफर तथा फोटोपत्रकार पनि भिजेका थिए ।
होलीमा एक अर्कामा रङ दलेर खुसियाली साटासाट गरिन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने फागु पर्व आज परम्परागतरूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।
आज पहाडी तथा हिमाली जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलिन्छ ।
हेर्नुहोस् तस्बिर
तस्बिरहरू : सुनिल प्रधान/हरिशजंग क्षेत्री/बाह्रखरी
प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१ १४:०७
प्रतिक्रिया दिनुहोस्