![दरबारमार्गको पैदलमार्गमा ग्रेनाइट बिछ्याइँदै (तस्बिरहरू)](https://12khari.top/uploads/posts/Granite-(6)-1739271161.jpg)
काठमाडौं । काठमाडौंस्थित दरबारमार्गको पैदलमार्गमा ग्रेनाइट बिछ्याउन थालिएको छ । नारायणहिटी संग्रहालय अगाडि महानगर प्रहरी वृत्तदेखि महेन्द्र सालिकसम्म दुवै तर्फको सडकमा ग्रेनाइट लगाउन थालिएको हो ।
सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यका अनुसार, पैदलमार्गको चौडाइ कम्तीमा तीन मिटरदेखि बढीमा ६ मिटरसम्म छ ।
सडकमा ग्रेनाइट राख्नुअघि गिटी र माटो मिसाएर बेस सोलिङ गरिएको छ । त्यसभन्दा माथि ब्रिक सोलिङ गरिएको छ । त्यसभन्दा पीसीसी ढलान गरिएको छ । त्यसभन्दा माथि ग्रेनाइट बिछ्याइएको महानगरले जनाएको छ । ग्रेनाइट १६ एमएम सम्मको हुनेछ ।
सार्वजनिक खरिद प्रक्रियाबाट सदाशिव इन्फ्रा प्रालिले काम गरिरहेको छ । यही माघ मसान्तभित्र सकिने गरी ०८० चैत ६ गते निर्माण पक्षसँग सम्झौता भएको थियो । महानगरको सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले ग्रेनाइटको बाहिरी भाग खस्रो भएकाले यात्रामा चिप्लिने जोखिम नहुने बताए ।
हेर्नुहोस् तस्बिरहरू