site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंका भित्तामा साम्बा र मणि शाहको चित्र

काठमाडौंकाठमाडौं महानगरले कोटेश्वरस्थित फुटपाथको भित्तामा नेपाली राष्ट्रिय फुटबल खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ र नेपाली ‘म्यारोडोना’ भनेर चिनिने मणिविक्रम शाहको चित्र बनाएको छ ।

नेपाली टिमकी स्टार फरवार्ड खेलाडी हुन्, साम्बा । पछिल्लोपटक साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा भारतविरुद्ध उनले गरेको गोलले खेलप्रेमीको मन जितेको थियो ।

फाइनलमा बंगलादेशसँग पराजित भए पनि नेपाली महिला फुटबल खेलाडीको सर्वत्र चर्चा भएको थियो । काठमाडौं महानगरले महिला फुटबल टोलीलाई २५ लाख रुपैयाँसहित सम्मान नै गरेको थियो ।

Dabur Nepal
NIC Asia

Samba-Wal-Painting-(1)-1730812970.jpg
मणिविक्रम शाह नेपाली फुटबलप्रेमी माझ ‘म्यारोडोना’का नामले परिचित छन् । उनले सन् १९८५ देखि १९९८ सम्म राष्ट्रिय टोलीबाट खेलेका थिए । ५१ वर्षको उमेरमा २०७५ मा उनको निधन भइसकेको छ । सन् १९९३ ढाकामा भएको छैटौँ दक्षिण एसियाली खेलकुदमा नेपाललाई स्वर्णपदक दिलाउन उनको महत्त्वपूर्ण भूमिका थियो ।

बटुवाहरू कोटेश्वरको भित्तामा खेलाडीको चित्रसँग तस्बिर लिइरहेका देखिन्छन् । खेलाडीको चित्र बनाइरहेका कलाकार डीबी भण्डारी पनि लोकप्रिय फुटबलरको चित्र बनाउन पाउँदा दंग परेको सुनाउँछन् ।

Samba-Wal-Painting-(10)-1730812976.jpg
२० वर्षदेखि चित्रकारिता गरिरहेका भण्डारी भन्छन्, "नेपालीहरूले गर्व गर्ने खेलाडीको चित्र बनाउन पाउँदा खुसी छु, मान्छेहरू मैले बनाएको चित्रसँग सेल्फी, भिडियो खिचेको देख्दा मज्जा आउँछ ।"

काठमाडौं महानगरले खेलाडीको सम्मानस्वरूप कोटेश्वरस्थित सरस्वती बाटिकामा खेलाडीको चित्र बनाएको बताएको छ । त्रिपुरेश्वरस्थित रंगशालाको भित्तामा पनि महानगरले खेलाडीको चित्र बनाउने बताएको छ । त्रिपुरेश्वरमा नयाँ र पुराना फुटबल खेलाडीको चित्र बनाइने महानगरले बताएको छ ।

Samba-Wal-Painting-(17)-1730812984.jpg
महानगरले गत आर्थिक वर्षमै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानसँग महानगरभित्रका सडक किनारका भित्तामा ऐतिहासिक, सांस्कृतिक महत्त्व झल्किने चित्र बनाउने सम्झौता गरेको छ । यो कार्यक्रम अन्तर्गत महानगरले सुन्धारास्थित नेपाल टेलिकमको भित्ता, प्रदर्शनीमार्गलगायत क्षेत्रमा चित्र बनाइसकेको छ । महानगरले अब नेपाल आर्ट काउन्सिल र माइतीघरको बिचमा रहेको भित्तामा पनि चित्र बनाउने तयारी गरेको छ ।

Samba-Wal-Painting-(15)-1730812982.jpg

Samba-Wal-Painting-(16)-1730812982.jpg

Samba-Wal-Painting-(13)-1730812980.jpg

Samba-Wal-Painting-(14)-1730812980.jpg

Samba-Wal-Painting-(12)-1730812978.jpg

Samba-Wal-Painting-(11)-1730812977.jpg

Samba-Wal-Painting-(10)-1730812976.jpg

Samba-Wal-Painting-(8)-1730812974.jpg

Samba-Wal-Painting-(6)-1730812973.jpg

Samba-Wal-Painting-(7)-1730812973.jpg

Samba-Wal-Painting-(5)-1730812972.jpg

Samba-Wal-Painting-(4)-1730812971.jpg

Samba-Wal-Painting-(2)-1730812970.jpg

तस्बिरहरू : हरिशजंगक्षेत्री/बाह्रखरी

 

प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  १९:१६
Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रतिक्रिया दिनुहोस्