site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
जाने होइन त लौके झरना ! (तस्बिरहरू)

काठमाडौं । काठमाडौंबाट नजिकै पर्ने उत्कृष्ट गन्तव्यका रूपमा यतिबेला नुवाकोटको लौके झरना आन्तरिक र बाह्य पर्यटकको रोजाइमा परेको छ ।

नुवाकोटको शिवपुरी गाउँपालिका–८ र ककनी गाउँपालिका–५ को सिमानामा पर्ने सानो छहरे र ठूलो छहरे (लौके) झरना यतिबेला आन्तरिक पर्यटकहरूको घुम्ने मेलो बनेको छ ।

काठमाडौंदेखि ३२ किलोमिटरको दुरीमा रहेको लौके झरनासम्म जान पनि अहिले निकै सजिलो छ । झरनासम्म पुग्न गाउँपालिकाले व्यवस्थित बाटो बनाएको छ ।

Dabur Nepal
NIC Asia

Lauke-(37)-1725799359.jpgकरिब १५० फिट अग्लो स्थानबाट झर्ने झरना लौकाजस्तो आकारको भएकाले उक्त झरनालाई लौके नाम दिइएको स्थानीय बताउँछन् ।

अहिले लौके झरना हेर्न दैनिक रूपमा युवायुवतीहरूको लर्को लाग्ने गरेको छ । अरू दिनभन्दा शनिबार पर्यटकहरूको बढी लाम लाग्ने गरेको स्थानीय बताउँछन् ।

झरना हेर्न आउने आन्तरिक पर्यटकहरूका कारण स्थानीयहरूको स्थानीय उत्पादन बिक्रीवितरण हुनुका साथै व्यापार व्यवसाय बढ्दा स्थानीयको आयस्रोतको केन्द्र लौके झरना बनेको छ । लौके झरनाबाट सुन्दर गाउँहरूको दृश्य देखिनुका साथै सुन्दर हिमालका दृश्य पनि देखिन्छ ।

Lauke-(35)-1725799357.jpgशनिबार सम्पादक समाज नेपालले लौके झरना गन्तव्य बनाएर ‘जलवायु परिवर्तनका प्रभावहरू न्यूनीकरणका लागि अपनाउनुपर्ने रणनीति’का सम्बन्धमा एकदिने पदयात्रा कार्यक्रम गरेको थियो । समाजले आयोजना गरेको पदयात्रामा सहभागी १२० पत्रकारले लौके झरनासम्म पदयात्रासँगै दृश्यावलोकन भ्रमण गरेका थिए ।

पत्रकारहरूलाई शिवपुरी गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद थपलियाले स्वागत गरेका थिए ।

हेर्नुहोस् थप तस्बिरहरू

Lauke-(12)-1725799338.jpg

Lauke-(11)-1725799337.jpg

Lauke-(36)-1725799358.jpg

Lauke-(8)-1725799335.jpg

Lauke-(6)-1725799334.jpg

Lauke-(34)-1725799356.jpg

Lauke-(38)-1725799360.jpg

Lauke-(35)-1725799357.jpg

Lauke-(33)-1725799355.jpg

Lauke-(32)-1725799354.jpg

Lauke-(30)-1725799352.jpg

Lauke-(29)-1725799351.jpg

Lauke-(27)-1725799349.jpg

Lauke-(28)-1725799349.jpg

Lauke-(26)-1725799347.jpg

Lauke-(22)-1725799346.jpg

Lauke-(21)-1725799345.jpg

Lauke-(19)-1725799344.jpg

Lauke-(20)-1725799344.jpg

Lauke-(18)-1725799343.jpg

Lauke-(16)-1725799341.jpg

Lauke-(15)-1725799341.jpg

Lauke-(13)-1725799340.jpg

Lauke-(14)-1725799340.jpg

Lauke-(4)-1725799333.jpg

Lauke-(5)-1725799333.jpg

Lauke-(2)-1725799332.jpg

Lauke-(3)-1725799332.jpg

Lauke-(7)-1725799335.jpg

Lauke-(9)-1725799336.jpg

Lauke-(10)-1725799337.jpg

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १८:३६
NIBLNIBL
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home