काठमाडौं । आज हरितालिका तिज । देशैभरका शिवालयहरूमा महिलाहरूको भिड लागेको छ ।
हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा व्रत बसेर शिव–पार्वतीको पूजा, उपासना गरे सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ ।
आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ, सरस्वतीनगरस्थित शिव पाञ्चायन ॐ मन्दिरसहित शिवालयमा भिड लागेको छ । उनीहरू नाचगान गरेर रमाइरहेका छन् । बाह्रखरीका फोटो पत्रकार हरिशजंग क्षेत्रीले सरस्वतीनगर पुगेर केही तस्बिर खिचेका छन् ।
हेर्नुहोस् तस्बिरहरू
तस्बिहरू : हरिशजंग क्षेत्री/बाह्रखरी
प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१ १५:०२
प्रतिक्रिया दिनुहोस्