-1725192584.jpg)
काठमाडौं । सरकारले आफूहरूसँग गरेका सम्झौता कार्यान्वयन गर्न माग गर्दै सहकारी पीडितहरू फेरि सडक आन्दोलनमा उत्रिएका छन् ।
सहकारीमा बचत गरिएको रकम फिर्ता गर्ने वातावरण बनाउँदै यसअघि भएको सम्झौता कार्यान्वयन गर्न माग गर्दै सहकारी पीडित महासंघको अगुवाइमा आइतबार काठमाडौंमा प्रदर्शन भएको हो ।
उनीहरूले निक्षेपको साँवा व्याज तत्काल फिर्ता हुनुपर्ने माग राखेका छन् ।
काठमाडौंको रत्नपार्कबाट जुलुस निकालेर न्युरोड–सुन्धारा परिक्रमा गर्न खोज्दा भद्रकाली नजिक प्रहरीले प्रदर्शनकारीलाई रोकेको थियो । त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल समेत भएको थियो ।
तेस्रो चरणको आन्दोलन सुरु गरेको लामो समयसम्म पनि सरकारले विगतका सहमति कार्यान्वयनमा कुनै चासो नदेखाएकाले सडक आन्दोलन गर्नुपरेको महासंघले जनाएको छ ।
हेर्नुहोस् तस्बिरहरू
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी