-1722952954.jpg)
काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगमा इरानलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ । नेपालले मंगलबार सेमिफाइनलमा इरानविरुद्ध ३–० सेटमा जित निकाल्दै फाइनलमा स्थान सुनिश्चित गरेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा रहेको कभर्ड हलमा भएको सेमिफाइनलमा नेपालले पहिलो सेट २५–२१ र दोस्रो सेट २८–२६ ले जितेको थियो । अन्तिम सेट नेपालले २५–२० ले जितेको हो ।
फाइनलमा बुधबार नेपालले भारतसँग खेल्ने छ । भारत श्रीलंकालाई हराउँदै फाइनल प्रवेश गरेको हो ।
प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१ १९:५१
प्रतिक्रिया दिनुहोस्