-1708693648.jpg)
काठमाडौं । मिटरब्याज पीडितले काठमाडौंस्थि भद्रकालीमा प्रदर्शन गरेका छन् । 'न्याय मार्च' नाम दिएर प्रदर्शन गरेका उनीहरूले आफूहरूका माग पूरा नभएसम्म नफर्किने बताएका छन् ।
प्रदर्शका क्रममा प्रदर्शनकारीहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा समेत मागेका थिए ।
रत्नपार्क परिक्रमा गर्ने क्रममा उनीहरूलाई प्रहरीले पर्यटन बोर्डको अगाडि रोकेको थियो । रोकेको ठाउँबाट अगाडि जान खोज्दा प्रहरीसँग भनाभन समेत परेको थियो ।
मिटरब्याज पीडितहरू केही दिनअघि मात्र काठमाडौं पुगेका थिए ।
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी
प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८० १९:०४
प्रतिक्रिया दिनुहोस्