काठमाडौं । बाह्रखरी मिडियाको आयोजनामा भएको ‘निजी क्षेत्रको आवाज : बृहत् छलफल कार्यक्रम’ सम्पन्न भएको छ । बुधबार बाह्रखरी मिडियाले निजी क्षेत्रका छाता संगठनहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर्स अफ कमर्ससँगको सहकार्यमा छलफल कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूले अर्थतन्त्रमा देखिएको समस्याबारे धारण राखेका थिए ।
कार्यक्रम विशेषगरी 'निजी क्षेत्र कस्ता समस्याहरूको मारमा परेको छ ? व्यापारी, व्यवसायी र उद्यमीहरूको उठीवास हुने अवस्था किन आयो ?, देशको अर्थतन्त्र किन भयावह अवस्थातर्फ मोडिदै छ ?, सरकारबाट अपेक्षा के छ ?' लगायत विषयमा केन्द्रित थियो ।
हेर्नुहोस् तस्बिरहरू :
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८० १९:०९
प्रतिक्रिया दिनुहोस्