1692878560.jpg)
काठमाडौं । गौरा पर्वको अवसरमा बिहीबार काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम भएको छ । कार्यक्रमम प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री एनपी साउदसहितका नेताहरू उपस्थित भए ।
पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता भीम रावलसहित सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने रमेश लेखक, शेरबहादुर कुवँर, दामोदर भण्डारीहरू पनि सहभागी थिए ।
नेताहरूले सर्वसाधरणसँग देउडा खेलेका छन् । प्रधानमन्त्री प्रचण्डले पनि देउवाको छेउमा लागेर देउडा खेलेका थिए । देउडा गीत गाउँदै उनीहरूले देउडा खेलेका हुन् । प्रत्येक वर्ष गौरा पर्वको दिन काठमाडौं उपत्यकामा रहेका सुदूरपश्चिवासीहरूले टुँडिखेलमा देउडा खेल्ने गर्छन् ।