site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Nabil BankNabil Bank
असन जात्राको रौनक (तस्बिरहरू)

काठमाडौं । नेवार समुदायको पाँहाचह्रे जात्रा अन्तर्गत बुधबार काठमाडौंको असन जात्रा धुमधामका साथ मनाइएको छ । हरेक वर्ष घोडेजात्राको भोलिपल्ट तीन अजिमा अर्थात् भद्रकाली अजिमा, कङकेश्वरी अजिमा र टेबहाल अजिमालाई आ–आफ्नो ठाउँबाट बाजा गाजासहितको टोलीले खट जात्रा गरी असन पुर्‍याएर जात्रा मनाउने परम्परा छ ।

Asan (13)1679492239.jpg

तीन ठाउँबाट आएका अजिमा असनमा भेला गराई एक आपसमा तीन फन्को घुमाइ एक अर्कालाई आदरसम्मान गरी आगो (चिलाख) साटासाट गरिन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यही चिलाख साटासाट गर्ने परम्परालाई असनमा खट जुधाउने भन्ने प्रचलन छ । खट असन चोक पुगेपछि घरघरबाट चामलको रोटी अर्थात् चटामरी फाल्ने गरिन्छ, जसलाई प्रसादको रूपमा लिइन्छ यसरी फालिएको चटामरी फेला पार्नेलाई शुभ हुने जनविश्वास रहिआएको छ ।  

Asan (14)1679492239.jpg

Global Ime bank

असनमा चिलाख साटासाट गरेपछि तीनवटै अजिमा आ–आफ्नो स्थानमा लगिन्छ र यस दिन काठमाडौंको भित्री सहरमा परिक्रमा गरी यो जात्रा मनाउने गरिन्छ । यसै अवसरमा काठमाडौंका विभिन्न स्थानमा अन्य देवीदेवताको खट जात्रा गरी पाँहाचह्रे पर्व मनाउने चलन छ ।

 

 

Asan (12)1679492238.jpg

Asan (11)1679492237.jpg

Asan (10)1679492236.jpg

Asan (9)1679492235.jpg

Asan (7)1679492234.jpg

Asan (8)1679492234.jpg

Asan (5)1679492232.jpg

Asan (6)1679492232.jpg

Asan (3)1679492231.jpg

Asan (4)1679492231.jpg

Asan (1)1679492229.jpg

Asan (2)1679492229.jpg

तस्बिर : सुनिल प्रधान/बाह्रखरी

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  १९:२५
NIBLNIBL
प्रतिक्रिया दिनुहोस्