
काठमाडौं । लघुवित्त र मिटरब्याजीपीडितले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
मंगलबार लघुवित्त वित्तीय संस्थाहरूको विरोधमा माइतीघरमा भेला भएर पीडितले विरोध प्रदर्शन गरेका हुन् । विभिन्न जिल्लाबाट काठमाडौं आएका उनीहरूले संयुक्त विरोध प्रदर्शन गरे ।
लघुवित्त र मिटरब्याजीहरूले ऋण मिनाह गर्नुपर्ने, किसानलाई बिनाधितो ऋण प्रदान गर्नुपर्ने माग राखेका छन् ।लघुवित्तीय संस्थाले कर्जा प्रवाह गर्दा २/३ पटक पुनःकर्जा प्रवाह गर्दा असुल गरेको रकम तुरुन्त फिर्ता गर्नुपर्ने, सम्पूर्ण ऋणिहरू बाहेकका विभिन्न नाममा गरिएको वचतकर्ताको रकम हिसाब गरी फिर्ता गर्नुपर्ने लगायतका माग राखेका छन् ।
आन्दोलनमा सहभागीहरूले समाजवादी अर्थतन्त्रको विकास गर, आम गरिब किसानलाई निःशुल्क ऋण प्रदान गर, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर लगायतका प्लेकार्ड बोकेर आन्दोलन गरेका थिए ।
तस्बिरहरू : हरिशजंग क्षेत्री