
काठमाडौं । आज रङहरूको पर्व, होली । विभिन्न रङ्गीचङ्गी रङहरू एकअर्कालाई लगाइदिएर मनाइएको छ ।
तर, काठमाडौंको लैनचौरमा एक अर्कालाई टमाटर प्रहार गरेर होली पर्व मनाइएको छ । ग्लोबल टुरिजम प्रमोसन काउन्सिलले आयोजना गरेको ‘ला टोमाटिनो फेस्टिभल’मा टमाटरको होली खेलिएको हो ।
आयोजकले नेपालको संस्कृतिलाई युरोपको स्पेनमा मनाइने ‘ला टोमाटिनो फेस्टिभल’सँग जोड्ने उद्देश्यले फेस्टिभलको आयोजना गरिएको जनाएको छ ।
फेस्टिभलमा टमाटरमाथि कबडी प्रतियोगिता आयोजना गरिएको थियो । विजेतालाई दुई दिनको पोखरा टुरको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
आयोजना ग्लोबल टुरिजम प्रमोसन काउन्सिलले अब हरेक वर्ष ‘ला टोमाटिनो फेस्टिभल’को आयोजना गर्ने पनि जनाएको छ ।
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी