
काठमाडौं । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वासको मत लिए । उनलाई संसद्मा उपस्थित दुईजना सांसदबाहेक सबैले मत दिए । अर्थात् प्रचण्डले २७५ सदस्यीय संसद्मा उपस्थित २७० मध्ये २६८ जना सांसद्को समर्थन प्राप्त गरे । जुन ऐतिहासिक हो ।
विश्वासको मत पाइसकेपछि उनी निकै खुसी देखिन्थे । उनको खुसी हाउभाउ र मुस्कानमा सहजै देख्न सकिन्थ्यो ।
संसद् भवनबाट बाहिरिने क्रममा उनले आफूले गरेको प्रतिबद्धता पूरा गरेरै छाड्ने बताए । साथै उनले नेपाली कांग्रेससँग कुनै सहमति नभएको दाबी पनि गरे ।
प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९ २३:४९
प्रतिक्रिया दिनुहोस्