काठमाडौं । तिहार नजिकिएसँगै फूलको कारोबार बढ्न थालेको छ । बजारमा फूल व्यापारी र ग्राहकहरू किनबेचमा व्यस्त देखिन्छन् भने बारीमा किसानहरू फूल संकलनमा व्यस्त बनेका छन् ।
बुधबार भक्तपुरको गुण्डुका महिलाहरू मखमली फूल उन्न व्यस्त देखिन्थे । गुण्डुका फूल व्यवसायीहरू दसैँ अघिदेखि नै तिहारका लागि मखमली फूलको माला बनाउन सुरु गर्छन् ।
तिहार फूलको पर्वका रूपमा चिनिन्छ । विशेषगरी भाइटीकामा फूलको खपत बढी हुन्छ । मखमली फूलको माला विदेशमा पनि निर्यात गरिन्छ ।
तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी
प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९ २१:५४
प्रतिक्रिया दिनुहोस्