site stats
बाह्रखरी :: Baahrakhari
फोटो फिचर
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विश्व पर्यटन दिवसको दिन पाटनमा जे देखियो (तस्बिरहरू)

काठमाडौं । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यस वर्षको विश्व पर्यटन दिवस मनाइएको छ । ‘पर्यटनमा पुनर्विचार गरौँ’ भन्ने मूल नारासहित विश्वभर ४३ औँ पर्यटन दिवस मनाइएको हो ।  

पर्यटन दिवसको अवसरमा ललितपुरमा बृहत् सांस्कृतिक मेला 'ललित कार्निभल'को आयोजना गरिएको छ । ललितपुर महानगरपालिकाको आयोजना तथा ललितपुरका विभिन्न संघसंस्थाको सह–आयोजनामा सांस्कृतिक मेला पाटन दरबार क्षेत्र, मंगलबजारमा आयोजना गरिएको हो ।

KFC Island Ad
NIC Asia

सांस्कृतिक मेलामा ५०० जना भन्दा धेरै कलाकारहरूले परम्परागत संगीत तथा नृत्यको प्रस्तुति दिएका थिए । साथै विभिन्न मौलिकता झल्किने सामग्रीहरू पनि राखिएको थियो ।

हरेक वर्ष सेप्टेम्बर २७ मा पर्यटन दिवस मनाउने गरिन्छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीबाट पर्यटन क्षेत्र प्रभावित भएको र अहिले पुनरुत्थानको चरणमा रहेको अवस्थामा दिवसलाई नयाँ अवसरको पहिचान र उपयोगमा जोड दिएर मनाएको हो ।

Royal Enfield Island Ad

नेपालले सन् २०२३ देखि २०३२ सम्म नेपाल भ्रमण दशक मनाउने निर्णयसमेत गरेको छ । 
Paryatan (1).jpgParyatan (2).jpgParyatan (3).jpgParyatan (4).jpgParyatan (5).jpgParyatan (6).jpgParyatan (7).jpgParyatan (8).jpgParyatan (9).jpgParyatan (10).jpgParyatan (12).jpgParyatan (13).jpgParyatan (14).jpgParyatan (15).jpgParyatan (17).jpgParyatan (18).jpgParyatan (19).jpgParyatan (20).jpg

तस्बिरहरू : अभिषेक महर्जन/बाह्रखरी

प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  २२:१०
NIBLNIBL
प्रतिक्रिया दिनुहोस्
NTCNTC