काठमाडौं । विश्वकर्माको मूर्तिलाई चोभारको जलविनायकस्थित वाग्मती नदीमा विसर्जन गरिएको छ ।
शनिबार (हिजो) आफूले काम गर्ने औजार, मेसिन, सवारीसाधनलाई पूजा गरी विश्वकर्मा पूजा मनाएका थिए । आज दिन पूजा गरिएको मूर्तिलाई नदी तथा खोलामा लगेर विसर्जन गरिएको हो ।
विश्वकर्मा पूजाको दिन ब्रह्माका पुत्र, विश्वका प्रमुख वास्तुकार भगवान विश्वकर्माको जन्मोत्सव पर्छ । विश्वकर्माले देवताहरूका लागि हतियारहरूको बनाएको विश्वास गरिन्छ । विश्वकर्मालाई दिव्य सिकर्मीको रूपमा पनि पुज्ने गरिन्छ ।
विश्वकर्मा पूजा मुख्यतः भारतीय राज्यहरू कर्नाटक, पश्चिम बंगाल, झारखण्ड, उत्तर प्रदेश, असम, बिहार र त्रिपुरामा मनाइन्छ । नेपालमा भारतीय कामदारहरूको संख्या बढ्न थालेसँगै नेपालमा विश्वकर्मा पूजा मनाउनेको संख्यामा वृद्धि हुँदै गएको छ ।
तस्बिरहरू : अभिषेक महर्जन/बाह्रखरी