काठमाडौं । हाँडीगाउँ तथा भाटभटेनीजात्रा अन्तर्गत आज हाँडीगाउँमा लावा जात्रा मनाइएको छ ।
हाँडीगाउँ जात्राको अन्तिम दिन आज हाँडीगाउँका महिलाहरूले परम्परागत पहिरनमा सजिएर गाउँ परिक्रमा गरे ।
गाउँ परिक्रमाको क्रममा गाउँको चारैतिरका देव देवीलाई याद गरी लावा छर्दै हिँडेर भाटभटेनी मन्दिर जाने चलन छ । भाटभटेनीमा पाँच बलि पूजा पूर्ण लावा छर्दै हाँडीगाउँ आएर पूजापछि आआफ्नो घर फर्किन्छन् ।
आज नै बेलुका पूजा आज गरी मध्यरातमा गुठियारहरूले भाटभटेनी मातालाई मन्दिरभित्र लागि जात्रा सम्पन्न गरिन्छ।
तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी
प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९ १७:३४
प्रतिक्रिया दिनुहोस्