site stats
बाह्रखरी :: Baahrakhari
नेपाल राष्ट्र बैंक
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुरु भयो रमजान (फोटोफिचर)

काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको महान पर्व रमजान आजदेखि सुरु भएको छ । यो पर्वमा एक महिनाभर मुस्लिम समुदायले बिहान सूर्योदय हुनुअघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत खाँदैनन् । 

उर्दू क्यालेन्डरअनुसार बिहान ४ः १५ बजेबाट बेलुका ६ः२० बजे सम्म निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिका पनि परिवर्तन भइरहन्छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्दछन् । रमजान उर्दू क्यालेन्डर अनुसार हिजरी सम्बत् १४४३ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ ।

देशभरका मुस्लिम समुदायले भक्तिको महिनाका रूपमा मनाउने भएकाले यसबाट पाप नाश हुने धार्मिक विश्वास छ । वर्षमा कुनै त्रुटि भएको भए यसै अवसरमा अल्लाहसँग क्षमायाचना गर्ने मुस्लिम समुदायको परम्परा छ ।

आइतबार घण्टाघर छेउमा रहेको मस्जिदमा मुस्लिम धर्मावलम्बीहरू नमाज गरिरहेका थिए ।

तस्बिरहरू : अभिषेक महर्जन/बाह्रखरी

 

प्रकाशित मिति: आइतबार, चैत २०, २०७८  २२:२५
NIBLNIBL
प्रतिक्रिया दिनुहोस्
NTCNTC