site stats
बाह्रखरी :: Baahrakhari
खेल
कसले कुन अवार्ड पायो ? (तस्बिरसहित)

काठमाडौं । टेबल टेनिसकी एलिना महर्जनले मंगलबार सम्पन्न एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड : २०७७ ‘डिकेट अफ एक्सिलेन्स’मा पिपल्स च्वाइज विधाको अवार्ड जितेकी छन् ।

एलिनाले फुटबलकी एन्जिला तुम्बापो सुब्बा, क्रिकेटका कुशल भुर्तेल, ब्याडमिन्टनका प्रिन्स दहाल र एथलेटिक्सकी सन्तोषी श्रेष्ठलाई पछि पार्दै अवार्ड जित्न सफल भएकी हुन् । 

एलिनाले ४७.८३३ प्रतिशत मत हासिल गरेकी थिइन् । त्यस्तै फुटबलकी एन्जिलाले २१.५२९, कुशल भुर्तेलले १४.६६५, प्रिन्सले ८.५७९ र सन्तोषीले ७.३९४ प्रतिशत मत पाएका थिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

No description available.

पिपल्स च्वाइस विधाका एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको फेसबुक पेजमा लाइक र ईसेवामार्फत चैत ७ गते राति १२ बजेसम्म मतदान खुला गरिएको थियो । ईसेवाबाट आउने मतको मतभार ५० प्रतिशत थियो भने फेसबुक पेजको लाइकको मतभार २५ प्रतिशत थियो । ओलम्पिकबाट मान्यता प्राप्त खेल संघका मुख्य प्रशिक्षक र नेपाल खेलकुद पत्रकार मञ्चका सदस्यले पनि मतदान गरेका थिए । दुवैले मतको मतभार समान १२.५ प्रतिशत थियो । 

No description available.

त्यसबाहेक पल्सर स्पोर्ट्स अवार्डमा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफ:टाइम एचिभमेन्ट, टिम अफ दी इयर र अन्तर्राष्ट्रिय खेल पत्रकार सम्मानको घोषणा विजेता घोषणा गरिनेछ । 

No description available.

विजेता एलिनाले पल्सर मोटरसाइकल पुरस्कार जितिन् । पिपल्स च्वाइस विधाबाहेक पल्सर स्पोर्ट्स अवार्डमा दशकको उत्कृष्ट पुरुष, र महिला र प्रशिक्षक स्पर्धामा अवार्ड प्रदान गरिएको थियो । त्यस्तै पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफ:टाइम एचिभमेन्ट, टिम अफ दी इयर र अन्तर्राष्ट्रिय खेल पत्रकार सम्मानको घोषणा घोषणा गरिएको थियो । 

No description available.

दशकको उत्कृष्ट पुरुष, महिला, प्रशिक्षक र पिपुल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गरे भने अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँसहित आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरे ।

No description available.

२०५२ साल भदौ २५ गते स्थापना भएको एनएसजेएफले २०५३ देखि अवार्ड कार्यक्रम सुरु गर्दै आएको हो ।

अवार्ड विजेता
दशकको उत्कृष्त पुरुष : पारस खड्का (क्रिकेट)
दशकको उत्कृष्ट महिला : सावित्रा भण्डारी (फुटबल)
दशको उत्कृष्ट प्रशिक्षक : जगत टमाटा (क्रिकेट)
पिपल्स च्वाइस : एलिना श्रेष्ठ (टेबलटेनिस)
लाइफ टाइम: स्वर्गीय सरदचन्द शाह
स्पेशल अवार्ड: डा. अजय राणा
प्रर्फमेन्स अफ दि इयर : पुष्पा भण्डारी
टिम अफ दी इयर : पुरुष फुटबल
एसिएन जर्नालिष्ट अफ दि इयर : सत्ताम अल सालाहि, कुवेत (एआईपीएस एसियाका अध्यक्ष)
पारा एथलिट अनर:सरिता थुलुङ

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  २०:४४
प्रतिक्रिया दिनुहोस्