site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
गल्फ राष्ट्रको माग अस्वीकार गर्दै कतारले भन्योः संसार अल्टिमेटममा चलेको छैन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । कतारका विदेशमन्त्री सेख मोहम्मद विन अब्दुलरहमान अल थानीले साउदी अरेविया र अन्य राष्ट्रले वार्तामा बस्नको लागि प्रस्तुत गरेका कुनै पनि कुरा आफु मान्न तयार नरहेको बताएका छन् ।
कतारीविदेशमन्त्री थानीले गल्फ संकट समाधानको लागि वार्तामा बस्न उपयुक्त शर्तहरु अघि सार्नको लागि सुझाएका छन् । 
इटालीको राजधानी रोममा एक पत्रकार सम्मेलनमा बोल्दै थानीले साउदी लगायतका राष्ट्रले प्रस्तुत गरेको १३ बुंदे सुची अस्वीकार गर्न लायक रहेको बताएका छन् । 
“हामीलाई विश्वास र थाहा छ कि यो संसार अल्टिमेटममा चलेको छैन । हामीलाई विश्वास छ कि यो संसार अन्तर्राष्ट्रिय कानुन अनुसार चलेको छ, एउटा नियममा चलेको छ जस अनुसार कुनै ठुला राष्ट्रले साना राष्ट्रलाई हेप्न दिँदैन”, कतारी विदेशमन्त्री थानीले बताए ।
साउदी सहितका गठबन्धनले कतारलाई अल जजिरा टेलिभिजन बन्द गर्नुपर्ने सहितका १३ बुंदे सर्त पुरा गर्नको लागि १० दिनको अल्टिमेटम दिएको थियो । कतारी विदेशमन्त्री थानीले दिइएको अल्टिमेटम सकिन ४८ घण्टा बाँकी रहँदा आफ्नो धारणा व्यक्त गरेका हुन् ।
थानीले आफुहरु प्रस्तुत गरिएको सर्त अस्वीकार गरेपछि हुन सक्ने सम्भावित सैन्य वा अन्य कारबाहीको जवाफ दिनलाई तयार रहेको पनि बताएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १८, २०७४  १२:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC