site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
साहित्यिक त्रैमासिक ‘हिमाद्रि’ सार्वजनिक

काठमाडौं । अनुसन्धानमूलक साहित्यिक त्रैमासिक पत्रिका ‘हिमाद्री’ सार्वजनिक भएको छ । 
गणतन्त्र दिवसको अवसर पारेर राजधानीस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा सोमबार उक्त पत्रिका सार्वजनिक गरिएको हो । 
नेपाली साहित्यमा कलम चलाउने नवप्रतिभाको खोजीका साथै नेपाली पर्यटन, पर्यावरण, काला र धर्मसंस्कृतिका क्षेत्रमा  अनुसन्धानात्मक श्रीवृद्धिका लागि पत्रिका प्रकाशन गरिएको प्रकाशक चेरब स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा ‘हिमाद्रि’का सम्पादक पुण्य घिमिरेले बताए । 

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरे, प्रगतिशील लेखक संघका अध्यक्ष मातृका पोखरेल, महासचिव आरएम डङ्गोल, पत्रकार कपिल घिमिरे, घिमिरेबन्धु राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष माधवप्रसाद घिमिरे आदिको उपस्थित रहेको थियो ।
“साहित्यकार जन्माउनमा साहित्यिक पत्रिकाको भूमिका र महत्वपूर्ण ठूलो हुन्छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

साहित्यिक पत्रिकाको निरन्तर प्रकाशन र यसमा सम्पादकको भूमिका र महत्वबारे बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरेले भने, “साहित्यिक पत्रिकाहरुले साहित्यकार जन्माएको इतिहास हामीसामु रहेको छ, यसका साथै एउटा असल सम्पादकले एउटा राम्रो लेखक जन्माउन सक्ने हुँदा पत्रिकामा सम्पादकको भूमिका महत्वपूर्ण हुन्छ, पत्रिकाको निरन्तर प्रकाशन गर्न सकेको खण्डमा प्रकाशन संस्थाका साथै सम्पादक ऋषिमुनी हुने तर निरन्तर प्रकाशन गर्न नसक्दा सिसिमुनि पर्नसक्छ !”   

प्रगतिशील लेखक संखका अध्यक्ष मातृका पोखरेलले भने, “साहित्यिक पत्रिका प्रकाशन नितान्त जनसेवा हो,” साहित्यिक पत्रिका प्रकाशनका चुनौतिबारे पाखरेलले थपे,  “यसको निरन्तर प्रकाशन सामान्य होइन, ज्यादै कठिन हुन्छ ।” चेरब स्मृति प्रतिष्ठानद्वारा प्रकाशित ‘हिमाद्रि’को  व्यक्तिगत र  संस्थागत मूल्य क्रमशः ५० र १०० रुपैयाँ रहेको छ ।    
 

प्रकाशित मिति: सोमबार, जेठ १५, २०७४  १६:५७
प्रतिक्रिया दिनुहोस्