site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दार्जिलिङमा नेपाल–भारत काव्य उत्सव
Tiktok banner adTiktok banner ad

काठमाडौं । दार्जीलिङ जिल्लाको विकट गाउँ लिङ्यिास्थित पुरानो चियाकमानको बीचमा रहेको साहित्यकार पारिजातको जन्मघरको भ्रमणका साथ बिजनबारी पुगेको नेपाली साहित्यकारहरूको एक प्रतिनिधिमण्डलले बिजनबारीमा ‘नेपाल भारत काव्य उत्सव’ सम्पन्न गरेको छ । 
 जरा फाउन्डेशन नेपालले आयोजना गरेको यस भ्रमण र उत्सवलाई भारततर्फबाट बिजनबारीस्थित प्रतिभा प्रेरणा परिषद, तथा सिक्किमको चिया कविताले संयोजन गरेका थिए । नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ एवं गद्य–आख्यान विभाग प्रमुख मातृका पोखरेलको प्रमुख आतिथ्यमा आयोजित उक्त उत्सवको अध्यक्षता भारतका नेपाली भाषी कवि मनप्रसाद सुब्बाले गरेका थिए ।  

नेपालका विभिन्न जिल्ला तथा भारतको पश्चिम बङ्गाल र सिक्किम प्रान्तका कवि कलाकार सम्मिलित उक्त कार्यक्रममा सत्र कविका कवितासहित दुई गायकले गीत प्रस्तुत गरेका थिए । 
कार्यक्रममा प्रमुख अतिथी प्राज्ञ मातृका पोखरेलले भने, “म भारतका विभिन्न प्रान्त भ्रमण गर्दा नेपालको मूल संस्कृति नै यहाँ पनि प्रतिविम्बित भएको पाउँछु” पोखरेलले थपे, “नेपाल र भारतका नेपाली भाषी सर्जककाबीचको सम्बन्ध निकै पुरानो र बलियो छ, यसलाई थप सुदृढ बनाउन यस्ता अन्तरदेशीय महोत्सवहरू आवश्यक हुन्छ” 

जरा फाउन्डेसनका अध्यक्ष कृष्ण प्रसाईले आगामी दिनमा पनि यस प्रकारका अन्तरदेशीय उत्सवलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा बोल्दै युवा समालोचक तथा जरा फाउन्डेसनका महासचिव महेश पौड्यालले नेपाली साहित्य र कलाको विकासमा सिक्किम र दार्जिलिङको योगदान स्तुत्य रहेको भन्दै लीला लेखन, तेस्रो आयाम, किनारीकृतको पक्षमा साहित्य रचना, समावेशी लेखन, विचलन लेखन, सडक समूह, चिया कविता तथा हस्तक्षेप कविता आन्दोलन यस भेगका मौलिक योगदान भएको दावी गरे । 
कार्यक्रमका सभापतिसमेत रहेका कवि मनप्रसाद सुब्बाले बिजनबारीमा अन्तर्राष्ट्रिय शैलीको यस्तो कार्यक्रम पहिलो पटक आयोजना भएको बताए । कविता टोली सोमबार नेपाल फर्किएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०७४  १६:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro