site stats
बाह्रखरी :: Baahrakhari
फोटो फिचर
Nabil BankNabil Bank
कुरूप बन्दै कमलपोखरी (तस्बिरहरू)

काठमाडौं । पुनर्निर्माणको काम नसकिँदै कमलपोखरीको कुरूप बन्न थालेको छ । 

कमलपोखरी क्षेत्रमा निर्माण भएका पूर्वाधार भत्किने अवस्थामा पुगेका छ्न् । पोखरीको पानी र पोखरी किनारमा रोपिएका बिरुवा पनि सुक्न थालेका छन् । त्यसैगरी दुर्गन्धित हुँदा पोखरीका माछाहरू मरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

कमलपोखरीको निर्माणकार्यको जिम्मेवारी लिएको काठमाडौं महानगरपालिकाले निर्माणको काम निकै सुस्त गतिमा गरिरहेको छ ।

केही समय अगाडि कंक्रिटको प्रयोग गरेर पोखरीको पुनर्निर्माण गरिएको भन्दै सम्पदा अभियान्ताहरूले विरोध जनाएपछि केही समय निर्माण कार्य स्थगित भएको कमल पोखरीले अहिलेसम्म पूर्णता पाउन सकेको छैन । कुरूप बनिरहेको पोखरीबारे सरोकारवाला निकाय भने बेखबर छन् ।

Global Ime bank

तस्बिरहरू : हरिश जंग क्षेत्री/बाह्रखरी


 

प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  २०:००
NIBLNIBL
प्रतिक्रिया दिनुहोस्