site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
तस्बिरमा हेर्नुहोस् नेपाल र म्यानमारको उपाधि भिडन्त

काठमाडौं । फाइनलमा घरेलु टिम नेपाललाई २–० ले हराउँदै म्यानमारले चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि जितेको छ । योसँगै नेपाली महिला टिम १३औँ पटक उपविजेतामा सीमित बनेको छ । नेपालले सन् १९९६ यता ३४ वर्षमा १३ फाइनल खेले पनि हालसम्म कुनै पनि उपाधि जित्न सकेको छैन ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १५ हजार ५६८ दर्शकमाझ सम्पन्न खेलमा दुवै गोल म्यानमारले दोस्रो हाफमा गरेको हो । 

खेलको ६२औँ मिनेटमा यु फर खिनले गोल गर्दै म्यानमारलाई अग्रतामा राखेकी हुन् । लेफ्ट साइड बक्सभित्रबाट खिनले गरेको ‘चिप’लाई नेपाली टिमकी गोलकिपर एन्जिलाले ठम्याउन सकिनन् । त्यसको दुई मिनेटपछि नै म्यानमारले अग्रता दोब्बर बनायो ।

६४औँ मिनेटमा म्यानमारकी विन थेइंगी तुङले गोल गर्दै म्यानमारले अग्रता दोब्बर बनाइन् ।

480390244_1407242187320173_7103335243955751356_n-(1)-1740587590.jpg
यसपछि थप गोल नहुँदा म्यानमार च्याम्पियन बनेको हो । त्यसअघि खेलको पहिलो हाफमा दुवै टिमले गोलका केही अवसर बनाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन् ।

त्यसअघि खेलको २४औँ मिनेटमा नेपाली रक्षक विमला बिकले उत्कृष्ट बचाउ गर्दै नेपालको खतरा टारिन् । गोलकिपर एन्जिलासमेत बिट भएर पोस्ट खाली हुँदा म्यानमारकी सान थ्व थ्वले गरेको प्रहारलाई विमलाले शरीरले रोकिन् । 

३५औँ मिनेटमा सावित्रा भण्डारी साम्बाको प्रहारलाई म्यानमारको गोलकिपर म्यान नेइनले विफल बनाउँदा नेपालले अग्रताको सुनौलो अवसर गुमायो । रेखाले पेनाल्टी बक्स बाहिरबाट निकालेको बलमा सावित्राले ‘वान भर्सेस वान’ अवस्थामा गरेको प्रहार नेइनले उत्कृष्ट बचाउ गरिन् ।

481867791_1838600680303089_2479537124772465307_n-1740587590.jpg
खेलको ४४औँ मिनेटमा राइट साइडबाट रेनुका नगरकोटेले निकालेको क्रसमा बक्सभित्र रहेकी सावित्राको हेडर ‘कनेक्ट’ हुन नसक्दा नेपालले अग्रता अर्को सुनौलो अवसर खेर फाल्यो ।

यसअघि यी दुई टिमबीच लिग चरणमा भएको खेल २–२ को बराबरीमा समाप्त भएको थियो । प्रतियोगिताको लिग चरणमा म्यानमार विजेता र नेपाल उपविजेता बन्दै फाइनलमा आएका हुन् । चार देशको सहभागिता रहेको प्रतियोगितामा लेबनान र कीर्गिस्तान भने लिग चरणबाटै बाहिरिएका थिए ।

480353072_659080056543282_4882722740537147948_n-1740587599.jpg

481793673_610614098794258_7522215013831779273_n-1740587598.jpg

480835788_618843924098985_9099988915625775309_n-1740587596.jpg

481570773_1686728882200934_4778382820943267085_n-1740587597.jpg

481835435_979617343685815_2206533659011195243_n-1740587591.jpg

Preeti-Rai-1740587591.jpg

Sabitra-Bhandari-Samba-1740587594.jpg

480391093_1051623110336777_7797186532220353655_n-1740587593.jpg

480065856_560729033642693_7912828562170763960_n-1740587595.jpg

481600212_547280381038097_8430803452113987458_n-1740587598.jpg

481289026_623822056930877_1592955906459509164_n-1740587593.jpg

Renuka-Nagarkot-1740587600.jpg

तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  २२:२१
प्रतिक्रिया दिनुहोस्