काठमाडौं । बेलायतमा भइरहेको भारी हिमपातका कारण जनजीवन अस्तव्यस्त भएको छ । बेलायतका अधिकांश स्थानमा भारी हिमपात भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
हिमपातका कारण विभिन्न ठाउँको यातायात सेवा अवरुद्ध भएको छ । बढी प्रभावित उत्तरी इंग्ल्यान्ड क्षेत्रका प्रमुख सडकहरू नै बन्द गरिएको छ । केही रेल सेवा पनि बन्द गरिएको छ ।
केही प्रमुख विमानस्थल पनि बन्द गरिएको थियो । तर, अहिले पुन: सञ्चालनमा ल्याइएको छ । यद्यपि, निर्धारित समयमा उडान हुन नसक्ने सूचना जारी गरिएको छ ।
रनवेमा भारी हिमपात भएपछि म्यान्चेस्टर एयरपोर्ट बन्द गरिएको छ । यस्तै, लिड्स ब्राडफोर्ड विमानस्थलले पनि बन्द हुन सक्ने सूचा जारी गरेको छ ।
स्कटल्यान्ड, उत्तरी इंग्ल्यान्डसहित विभिन्न क्षेत्रमा मंगलबारसम्मका लागि चेतावनी जारी गरिएको छ ।
हेर्नुहोस् तस्बिरहरू
तस्बिरहरू : एजेन्सी ।