काठमाडौं । वर्षासँगै काठमाडौं उपत्यकाका नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढेको छ । गएरातिदेखि परेको वर्षासँगै काठमाडौं उपत्यकास्थित वाग्मती नदीमा बाढी आएको छ ।
काठमाडौं–ललितपुर जोड्ने पुलमुनि नदीबीचमा तीन वटा कुकुर अड्किएका थिए । नदीबीचमा अड्किएका कुकुरको मंगलबार दिउँसो उद्धार गरिएको छ । स्नेहा केयरको टोलीले उद्धार गरेका हुन् ।
तस्बिरहरू हेर्नोस्
प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१ १५:०१
प्रतिक्रिया दिनुहोस्