site stats
बाह्रखरी :: Baahrakhari
भिडियो
Nabil BankNabil Bank
६७ वर्षीया सूर्यकुमारीको ब्याचलर्स डिग्री ‍गर्ने सपना (भिडियो स्टोरी)

काठमाडौं । काठमाडौंस्थित सानो भर्‍याङकी सूर्यकुमारी श्रेष्ठ उमेरले ६७ वर्ष पुगिन् । दुई छोरी र एक छोरा छन् । चारजना नातीनातिना छन् । तर, उनी एक्लै बस्छिन् ।

उमेरले पाको भए पनि उनको पढ्ने रहर कलिलै छ । ठूलो भर्‍याङमा रहेको श्री श्रद्धा महिला वैकल्पिक विद्यालयमा कक्षा ८ मा पढ्छिन् । उनी ५९ वर्षको उमेरमा कक्षा १ मा भर्ना भएकी थिइन् ।

अहिले सूर्यकुमारी कक्षा ८ को परीक्षाको तयारीमा छिन् । आगामी चैत २ गतेदेखि हुने परीक्षामा उत्तीर्ण हुनेमा उनी ढुक्क छिन् ।

Prabhu Bank
Agni Group
NIC Asia

Surya-Kumari--(2)-1709896835.jpg
 

उसो त उनलाई ब्याचलर्स डिग्रीसम्म पढ्न रहर छ । "म त ब्याचलर्ससम्म पढ्ने हो । अनि सरकारी जागिर खाने हो," सूर्यकुमारीले हाँस्दै भनिन् ।

Global Ime bank

सूर्यकुमारी श्रद्धा महिला वैकल्पिक विद्यालयमा सबैभन्दा पाको उमेरकी विद्यार्थी हुन् । श्रद्धा महिला वैकल्पिक विद्यालयले उनीजस्तै पहिले पढ्न नपाएका महिलाहरूलाई पढाउँछ । साथै १२ वर्ष उमेर माथिका पढ्न चाहना भएर पढ्न नपाएका महिलाहरू पनि पढ्छन् । उनीहरूलाई सरकारी पाठ्यक्रमअनुसार पढाइन्छ ।

Surya-Kumari--(3)-1709896836.jpg
 

विद्यालयका अनुसार धेरै महिलाहरूले बीचमै पढाइ छाड्ने गरेका छन् । उनीहरूलाई 'समाजले के भन्ला' भन्ने डर हुन्छ ।

तर, सूर्यकुमारी एक अपवाद हुन् । उनलाई समाजको प्रवाह छैन । उनी त आफैँ पढ्न विद्यालय पुगेकी हुन् ।

"यो उमेरमा पनि पढ्न पाउँदा साह्रै खुसी भएकी छु । विद्यालयमा साथीहरूसँग कुरा गर्ने र नयाँनयाँ कुराहरू सिक्न पाएकी छु," उनी भन्छिन् ।

Surya-Kumari--(14)-1709896843.jpg
 

उनलाई पहिले फोन चलाउन समस्या हुँन्थ्यो । डर लाग्थ्यो । तर, अरूको अगाडि फरर अक्षर पढ्छिन् । आफैँ दंग हुन्छिन् ।

उनलाई धेरैले सोध्छन्, 'यो उमेरमा पढेर के गर्नुहुन्छ ?' जवाफमा भन्छिन्– 'म पढेर पछि देश चलाउँछु ।'

Surya-Kumari--(13)-1709896843.jpg

Surya-Kumari--(12)-1709896842.jpg

Surya-Kumari--(11)-1709896841.jpg

Surya-Kumari--(10)-1709896840.jpg

Surya-Kumari--(8)-1709896838.jpg

Surya-Kumari--(7)-1709896838.jpg

Surya-Kumari--(6)-1709896837.jpg

Surya-Kumari--(1)-1709896835.jpg

हेर्नुहोस् भिडियो

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १७:४७
NIBLNIBL
प्रतिक्रिया दिनुहोस्