site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
२८ बढी जिल्लाबाट हिँडेर काठमाडौं आइपुगेका मिटरब्याज पीडित (तस्बिरहरू)

काठमाडौं । देशका विभिन्न २८ बढी जिल्लाबाट हिँडेर काठमाडौं आइपुगेका मिटरब्याजपीडितहरू । आज बालुवाटारस्थित नेपाल राष्ट्र बैंकमा आफ्नो मागसहित धर्ना दिने कार्यक्रम रहेको जनाइएको छ । 

उनीहरूले न्याय नपाएको भन्दै पूर्वपश्चिम पैदल यात्रा गरी काठमाडौं प्रवेश गरेका हुन् । गएको माघ १६ गते सहिद दिवसको दिन झापा र कञ्चनपुरबाट एउटै समयमा पैदलयात्रा सुुरु गरेका थिए । १७ दिन हिँडेर फागुनको ३ गते चितवनको नारायणगढमा भेला भएका थिए । मधेसका २० जिल्ला र अरु आठ जिल्लाका पीडित न्याय मार्चमा छन् ।

फर्जी तमसुक, चेकलाई अवैध घोषणा गरेर क्षतिपूर्ति दिनुपर्ने, समस्या समाधान गर्न न्यायिक आयोग गठन गर्नुपर्ने लगायत उनीहरूका माग छन् । यसअघि गएको वर्ष चैत १२ गते मिटरब्याजी पीडितहरु महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर काठमाडौं आएका थिए । पीडितहरुको धर्ना, प्रदर्शन र दबाबपछि सरकारले सम्झौता गर्दै चैत अन्तिममा मिटरब्याजी पीडितको समस्या समाधान गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । 

तस्बिरहरू हर्नोस्

Laghubitta-Pidit-(6)-1708495801.jpg

Global Ime bank

Laghubitta-Pidit-(8)-1708495801.jpg

Laghubitta-Pidit-(1)-1708495800.jpg

Laghubitta-Pidit-(7)-1708495801.jpg

Laghubitta-Pidit-(11)-1708495802.jpg

Laghubitta-Pidit-(12)-1708495802.jpg

Laghubitta-Pidit-(13)-1708495802.jpg

Laghubitta-Pidit-(5)-1708495801.jpg

Laghubitta-Pidit-(10)-1708495802.jpg

Laghubitta-Pidit-(15)-1708495803.jpg

Laghubitta-Pidit-(14)-1708495803.jpg

Laghubitta-Pidit-(3)-1708495800.jpg

Laghubitta-Pidit-(2)-1708495800.jpg

Laghubitta-Pidit-(4)-1708495800.jpg

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  ११:५७
NIBLNIBL
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home