site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
शिक्षक आन्दोलन : सडकमा खाली बोतल, दुबो र रुखबिरुवा नष्ट (तस्बिरहरू)

काठमाडौं । काठमाडौंमा जारी शिक्षक आन्दोलनको दोस्रो दिन नयाँ बानेश्वर क्षेत्रमा आन्दोलनकारी र सुरक्षाकर्मीबीच धकेलाधकेलको स्थिति भयो । 

निषेधित क्षेत्र तोड्न हजारौँको संख्यामा पुगेका शिक्षकलाई सम्हाल्न सुरक्षाकर्मीलाई हम्मे हम्मे नै परेको थियो ।

आन्दोलनकारीले प्रहरीका लाठी खोस्ने, बोतलले प्रहार गर्ने, डिभाइडर फ्याँक्ने, सडक छेउका रुखका हाँगा भाँचेर प्रहार गर्नेजस्ता गतिविधि देखाए । सो क्रममा नयाँ बानेश्वर क्षेत्रका रुखबिरुवा र दुबोमा क्षति पुगेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

आन्दोलनकारीले रुखमा हाँगा भाँचेका छन् भने सडकबीचमा रहेका हरियाली क्षेत्र प्लाष्टिकमय बनाइदिएका छन् । 

माइतीघरदेखि नयाँ बानेश्वरसम्मको सडकमा यतिखेर पानीका खाली बोत्तल, खानेकुराका खोल र प्लाष्टिकका झोलाले प्रदूषित बनाएको छ ।

Global Ime bank

Naya-Baneshower2-1695293828.jpg

Naya-Baneshower4-1695293841.jpg

Naya-Baneshower1-1695293814.jpg

 

Naya-Baneshower3-1695293829.jpg

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १६:४४
NIBLNIBL
प्रतिक्रिया दिनुहोस्