site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौंका ठूला अस्पताल एकदिन बन्द हुँदा कति बिरामी प्रभावित हुन्छन् ? 

काठमाडौं । राज्यले भयरहित वातावरणमा काम गर्ने व्यवस्था मिलाउनुपर्ने भन्दै आइतबार देशभरका चिकित्सक आन्दोलनमा उत्रिए । देशभरका स्वास्थ्य संस्थामा बहिरंग (ओपीडी) सेवा बन्द गरियो । 

सधैँ भिडभाड रहने काठमाडौंका प्रमुख अस्पतालहरू खालीजस्तै देखिए । ओपीडीबाहेकका अन्य सेवा सञ्चालमा रहे पनि टिकट काउन्टर, पालो कुर्ने, बिरामी जाँच्ने कक्ष सुनसान देखिन्थे । 

Hospital-(2)-1694959634.jpg

Prabhu Bank
Agni Group
NIC Asia

सार्वजनिक बिदापछिको पहिलो दिन नै ओपीडी बन्द हुँदा अस्पताल पुगेर फर्किनेको संख्या ठूलै देखियो । ओपीडी सेवा बन्द भएपछि अस्पतालका इमर्जेन्सीमा बिरामीको चाप देखिन्थ्यो ।

प्रमुख अस्पतालहरू बन्द हुँदा हजारौँ बिरामी प्रभावित भए । वीर अस्पतालको ओपीडीमा दैनिक दुई हजारदेखि दुई हजार ५०० सम्म बिरामी आउने गरेका छन् । बिदाको दिनको भोलिपल्ट यो संख्या तीन हजार ३०० सम्म पुग्ने अस्पताल निर्देशक डा. सन्तोष पौडेल बताउँछन् । 

Global Ime bank

पाटन अस्पतालमा आइतबार र बिहीबार अन्य दिनभन्दा भिड हुन्छ । आइतबार र बिहीबार ओपीडीका बिरामीको संख्या एक हजार ८०० सम्म पुग्ने अस्पतालको तथ्यांक छ । त्रिवि शिक्षण अस्पतालको ओपीडीबाट मात्रै दैनिक दुई हजार ७०० बिरामीले सेवा लिने गरेका छन् ।  

Hospital-(5)-1694959620.jpg

कान्ति बाल अस्पतालको ओपीडीमा साउन, भदौमा दैनिक करिब ९०० जना बिरामी आउने गरेको अस्पतालको तथ्यांक छ । सिभिल सर्भिस अस्पतालबाट सरदर दैनिक एक हजार जनाले ओपीडी सेवा लिने गरेका छन् । अस्पताल निर्देशक डा. विधाननिधि पौडेलका अनुसार आइतबार यो संख्या एक हजार २०० सम्म पुग्ने गरेको छ । 

 

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको ओपीडीबाट दैनिक ५०० देखि ७०० जनाले सेवा लिँदै आएको अस्पतालको तथ्यांक छ । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको ओपीडीमा दैनिक ५०० देखि ६०० बिरामी आइपुग्ने अस्पतालको तथ्यांक छ । शुक्रराजमा आइतबार इमर्जेन्सी र रेबिजको खोपबाहेक अन्य सबै सेवा ठप्प रहे ।

इमर्जेन्सीमा चाप हुने राष्ट्रिय ट्रमा सेन्टरले कोटा नै तोकेर दैनिक ३५० जनालाई ओपीडी सेवा दिँदै आएको छ । ओपीडी बन्द हुँदा ट्रमा इमर्जेन्सी आइतबार झनै तनावग्रस्त देखिन्थ्यो । 

Hospital-(8)-1694959627.jpg

 

हेटौँडा घटनाका दोषीलाई कारबाही सुरु गर्न सरकारलाई दिएको ७२ घण्टे अल्टिमेटम सकिएको भन्दै नेपाल चिकित्सक संघको आह्वानमा आइतबार देशभरका अस्पतलमा ओपीडी बन्द गरिएको हो ।  

उपचारमा लापरबाही गरेको आरोपमा हेटौँडाको सन्चो अस्पतालमा भदौ १८ गते डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि कुटपिट भएको थियो । सो घटनासँगै देशभरका अस्पतालमा भयरहित वातावरणमा काम गर्ने व्यवस्था मिलाउनुपर्ने भन्दै चिकित्सकहरू आन्दोलित भएका हुन् ।

हेर्नुहोस् थप तस्बिर

Hospital-(3)-1694959637.jpg

Hospital-(10)-1694959630.jpg

Hospital-(11)-1694959630.jpg

Hospital-(9)-1694959627.jpg

Hospital-(7)-1694959624.jpg

 

Hospital-(5)-1694959620.jpg

Hospital-(16)-1694965554.jpg

Hospital-(12)-1694965561.jpg

Talabandi-1694965557.jpg

Hospital-(15)-1694965553.jpg

Hospital-(14)-1694965550.jpg

Hospital-(13)-1694965550.jpg

 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १९:५५
NIBLNIBL
प्रतिक्रिया दिनुहोस्