site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको माग गर्दै एमालेको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीले कैलालीस्थित गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन माग गर्दै माइतीघरमा प्रदर्शन गरेको छ ।

UML Birodh (4)1686315171.jpg

शुक्रबार एमाले सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीको आयोजनामा भएको प्रदशर्नमा सहभागीहरूले तत्काल गेटा मेडिकल कलेजलाई सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय कायम गर्न माग गरेका थिए । उनीहरूले विश्वविद्यालयका लागि बजेट विनियोजन गर्न पनि माग गरेका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

साथै कालापानी, लिपुलेक र लिम्पियाधुरा साट्न नपाइने भन्दै उनीहरूले नाराबाजी गरेका थिए । 

UML Birodh (3)1686315169.jpg

प्रदर्शनमा एमालेका केन्द्रीय सचिव एवं कर्णाली प्रदेशका इन्चार्ज लेखराज भट्ट, कञ्चनपुर–१ का प्रतिनिधिसभा सदस्य तारा लामा तामाङ, पूर्वसांसद नारदमुनि राना, गणेश ठगुन्ना, प्रदेश सांसद झपट रावलसहित सुदूरपश्चिमका एमाले निकट नेताकार्यकर्ताहरूको उपस्थिति थियो ।

UML Birodh (2)1686315168.jpg

UML Birodh (1)1686315165.jpg

UML Birodh (11)1686315164.jpg

UML Birodh (10)1686315162.jpg

UML Birodh (9)1686315161.jpg

UML Birodh (7)1686315158.jpg

UML Birodh (8)1686315158.jpg

UML Birodh (6)1686315155.jpg

UML Birodh (5)1686315155.jpg

तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

 

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १८:३८
प्रतिक्रिया दिनुहोस्