
काठमाडौं । पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंको भृकृटीमण्डपमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
चियापान कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसहित नेता–कार्यकर्ता, नागरिक अभियन्तादेखि समर्थकहरू सहभागी भए ।
कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राप्रपा नेपालका अध्यक्ष कमल थापासहितका नेताहरू पनि पुगेका थिए ।
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी
प्रकाशित मिति: बुधबार, पुस २७, २०७९ १६:४०
प्रतिक्रिया दिनुहोस्