
काठमाडौं । काठमाडौंको थापाथलीस्थित वाग्मती किनारको सुकुम्बासी बस्तीका अवैध संरचना हटाउन महानगरले डोजर पठाएपछि सुकुम्बासीहरू बिचल्लीमा परेका छन् ।
सोमबार दिउँसो दलबलसिहत काठमाडौं महानगरको डोजर सुकुम्बासी बस्तीमा पुगेको थियो । बस्तीमा डोजर पसेपछि सुकुम्बासीहरू प्रतिकारमा उत्रिएका थिए । अर्कोतर्फ उनीहरू छाप्राभित्रबाट मालसामान बाहिर निकालिरहेका थिए ।
महानगरविरुद्ध उनीहरूले नाराबाजी गरेका थिए । त्यस क्रममा महानगर प्रहरी र सुकुम्बासीहरूबीच झडपसमेत भएको थियो । विरोधमा उत्रिएका सुकुम्बासीहरूले खुकुरी, गुलेलीसहति विभिन्न हातहतियार र लठ्ठी समाएका थिए ।
झडपपछि उनीहरूले टायर बालेर अवरोध गरेपछि महानगर पछि हटेको थियो । झडपका कारण डेढ दर्जन बढी नगर प्रहरी घाइते भएका छन् ।
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी