site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
फोटो फिचर
Global Ime bankGlobal Ime bank
काठमाडौंमा चैती छठको रौनक (फोटोफिचर)
तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी

काठमाडौं । चैती छठको तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । बिहीबार श्रद्धालुहरूले विभिन्न जलासयमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिएका हुन् ।

चैती छठ पर्वमा घरमा शुद्ध र चोखो भएर बनाइएको ठकुवा, भुसवा, नरिवल, केरासहितका  फलफूल एवं मिष्ठान्न परिकार सूर्यलाई अर्पण गर्ने चलन छ । बेलुकापख सूर्यलाई अर्घ दिनु अघि बर्तालुले नदी, पोखरी, जलाशय छेउछाउमा सजाएर राख्ने गर्छन्  ।

Dabur Nepal
NIC Asia

चैती छठ चैत शुक्ल चौथीका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुरु हुन्छ । बर्तालुले दोस्रो दिन ‘खरना’, तेस्रो दिन सूर्य उपाशना र बेलुका अस्ताउँदो सूर्यलाई पहिलो अर्घ दिने गर्छन् भने पर्वको अन्तिम चौँथो दिन बिहान पुनः उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गर्ने परम्परा रहेको जनकपुरका विनोद झाले बाह्रखरीलाई बताए ।

नेपालमा विशेषगरी तराईका जिल्लाहरू महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सामा चार दिनसम्म विभिन्न विधि गर्दै चैती छठ मनाउने गरिन्छ ।

काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका मधेसी समुदायले गुह्येश्वरी घाट, वाग्मती किनार र कमलपोखरीमा छठ मनाउने गर्दछन् ।

प्रकाशित मिति: बिहीबार, चैत २४, २०७८  २०:१७
NIBLNIBL
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home