
काठमाडौं । आन्दोलनरत शिक्षक र प्रहरीबीच आइतबार (वैशाख १४) नयाँ बानेश्वरमा झडप भएको छ । शिक्षकले ढुंगा प्रहार गरेपछि झडपको स्थिति सिर्जना भएको प्रहरीले जनाएको छ ।
त्यसपछि शिक्षकमाथि प्रहरीले पानीको फोहोरा प्रहार गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहोराले त्यसक्रममा एक शिक्षकलाई नियन्त्रणमा लिइएको बताए ।
“एकजनालाई नियन्त्रणमा लिएका छौँ । उहाँले आफू शिक्षक भएको बताउनुभएको छ, बुझ्दै छौँ,” उनले बाह्रखरीसित भने ।
निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेका प्रदर्शनकारीलाई तितरवितर पार्न सामान्य बल प्रयोग गरिएको प्रहरीको दाबी छ ।
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने थुप्रै शिक्षक घाइते भएको बताए ।
हेर्नुहोस् तस्बिरहरू