site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
'इनसाइडर ट्रेडिङ' गर्नेलाई तीन करोडसम्म जरिवाना, तीन वर्ष कैद सजाय हुने !

काठमाडौं । अर्थ मन्त्रालयले प्रतिनिधिसभामा दर्ता गरेको विधेयकमा सेयरको भित्री कारोबार (इनसाइडर ट्रेडिङ) गर्नेलाई ५० लाखदेखि तीन करोड रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ ।

गत शुक्रबार दर्ता गरिएको यस विधेयकमा सेयरको भित्री कारोबार गर्नेलाई थप तीन वर्ष जेल सजायसमेत हुने व्यवस्था गरिएको छ ।

Dabur Nepal
NIC Asia

यस्तो काम कारबाहीबाट कसैलाई हानिनोक्सानी पर्न गएमा भने त्यस्तो हानिनोक्सानीसमेत भराइदिनुपर्ने व्यवस्था विधेयकमा छ ।

हालको धितोपत्र ऐनमा एक लाखदेखि तीन लाख जरिवाना र दुई वर्ष जेल सजाय हुने व्यवस्था छ ।

संसद्‌मा दर्ता भएको विधेयकमाथि सांसदहरूले दफाबार छलफल गर्नेछन् । त्यसपछि यो विधेयक अर्थ समितिमा छलफलका लागि जान्छ । सांसदबाट उठेका प्रश्नलाई समेटेर ऐन संशोधन गरिने छ ।

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १९:०८
NIBLNIBL
प्रतिक्रिया दिनुहोस्
NTCNTC