![१९ तस्बिरमा हेर्नुहोस् बंगलादेशको प्रदर्शन](https://12khari.top/uploads/posts/Bangladesh-Student-Protest-(2)-1722872710.jpg)
काठमाडौं । हिंसात्मक आन्दोलनपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिना पदबाट राजीनामा दिएर भारत पुगेकी छन् । दुई महिनादेखि चलेको विद्यार्थी आन्दोलनका कारण हसिनाले १५ वर्षपछि सत्ता त्याग्नुपरेको हो ।
सुरुमा सरकारी सेवाको विशेष आरक्षणविरुद्ध सुरु भएको आन्दोलनले आइतबारदेखि हसिनाको राजीनामा मागेको थियो । पहिलो दिन नै झन्डै १०० जनाको मृत्यु भएको थियो ।
दोस्रो दिन भने प्रधानमन्त्री हसिनाले राजीनामा दिइन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आज पनि कम्तीमा २० जनाको मृत्यु भएको छ ।
आज प्रदर्शनकारीहरू प्रधानमन्त्री निवास र संसद् भवन प्रवेश गरेका थिए ।
बंगलादेशको सेनाले अन्तरिम सरकार गठन गरिने बताएको छ । आजैमात्र सेनाले विपक्षी दलसहित अन्य राजनीतिक दलसँग छलफल गरेको छ ।
![Royal Enfield Island Ad](https://baahrakhari.com/uploads/bigyaapan/15756600.gif)
हेर्नुहोस् तस्बिरहरू
तस्बिरहरू : एएफपी र एपी ।