site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Nabil BankNabil Bank
हिउँचितुवा कसरी पुग्यो मोरङ ? विज्ञ भन्छन्– बाटो बिरायो (तस्बिरसहित)

काठमाडौं । मोरङको उर्लाबारीमा भेटिएको हिउँचितुवा बाटो बिराएर पुगेको अनुमान गरिएको छ ।

दुई हजारदेखि ६ हजार मिटरसम्मको उचाइँमा पाइने हिउँचितुवा एकाएक आफ्नो बासस्थान छाडेर बेँसी झरेको फेला परेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले उद्धार गरेर ललितपुरस्थित चिडियाखान राखेको छ ।

HimChituwa-(12)-1706271602.jpg
 

Prabhu Bank
Agni Group
NIC Asia

हिउँचितुवा गत मंगलबार उर्लाबारी नगरपालिका–१ झुम्रा गाउँनजिकै बासझ्याङमा फेला परेको थियो । सशस्त्र वन सुरक्षा शाखा मंगलबारे इलाका वन कार्यालय उर्लाबारीले हिउँचितुवालाई उद्धार गरेर चिडियाखाना पुर्‍याएको हो ।

विभागले हिउँचितुवाबारे जानकारी दिन शुक्रबार चिडियाखानाभित्र पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।

Global Ime bank

पत्रकार सम्मेलनमा राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख मधु क्षेत्रीले हिउँचितुवा बाटो बिराएर आएको बताए ।

HimChituwa-(11)-1706271601.jpg
 

"यो वयस्क हिउँचितुवा होइन । आमासँगै हिँडिरहेको हुनुपर्छ, छुट्टिएपछि अर्को ठाउँ जानुपर्ने अर्को ठाउँ आएको जस्तो देखिन्छ," क्षेत्रीले भने ।

हिउँचितुवा एकरातमै ५०/६० किलोमिटरको दूरी पार गर्ने प्रजाति भएकाले आमासँग छुट्टिएपछि अर्को दिशातिर जानुपर्नेमा अर्कै दिशा पुगेर अल्मलिएको हुन सक्ने उनको भनाइ छ ।

चितुवा नेपालसहित संसारका अन्य १२ देशमा पाइन्छ । संरक्षण विभागका सूचना अधिकारी श्याम कुमार शाहका अनुसार साइटिस सूचीमा सूचीकृत हिउँचितुवा विश्वभर तीन हजार ९२१ र नेपालमा मात्रै ३०० देखि ४०० को हाराहारीमा छ ।

HimChituwa-(9)-1706271600.jpg
विभागका अनुसार अहिले चिडियाखानामा राखिएको हिउँचितुवाको एक खुट्टामा समस्या देखिएको छ । उपचारपछि मात्रै हिउँचितुवालाई हिमाली क्षेत्रतर्फ नै छाड्ने कि चिडियाखानामै राख्नेबारे छलफल हुने छ ।

HimChituwa-(10)-1706271600.jpg

HimChituwa-(7)-1706271599.jpg

HimChituwa-(8)-1706271599.jpg

HimChituwa-(5)-1706271598.jpg

HimChituwa-(6)-1706271598.jpg

HimChituwa-(1)-1706271597.jpg

HimChituwa-(2)-1706271597.jpg

HimChituwa-(3)-1706271597.jpg

HimChituwa-(4)-1706271597.jpg

 

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १८:१८
NIBLNIBL
प्रतिक्रिया दिनुहोस्