site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Nabil BankNabil Bank
माइतीघरको निषेधाज्ञाविरुद्ध नेविसंघको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले माइतीघर मण्डलाको निषेधाज्ञा हटाउन माग गर्दै प्रदर्शन गरेको छ । नेविसंघका नेता कार्यकर्ताहरूले आइतबार माइतीघरमै पुगेर निषेधाज्ञा हटाउन माग गरेर प्रदर्शन गरेका हुन् ।

निषेधाज्ञा संविधान, विद्यमान कानुन र सर्वोच्च अदालतको व्याख्याविपरीत भएकाले माइतीघरको निषेधाज्ञा तत्काल खारेज गर्नुपर्ने नेविसंघको माग छ । 

उनीहरूले 'डियर पीएम, हामी पनि यही छौँ', 'मण्डला जहाँ लोकतन्त्रले श्वास फेर्छ,' 'धारा १७ : स्वतन्त्रताको हक,' 'सर्वोच्चको व्याख्या : निषेधित क्षेत्र घोषणामा संविधानको दुरुपयोग,' सहितका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

नेविसंघका केन्द्रीय सदस्य विजय ढुंगानाले माइतीघर वर्तमान पुस्ताकै अभिव्यक्ति स्वतन्त्रताको प्रतीकको रूपमा रहेकाले निषेधाज्ञा हटाउन प्रदर्शन गरेको बताए ।

संघका अर्का केन्द्रीय सदस्य सुवास पौडेलले संसद् विघटन हुँदा माइतीघरको सहायता लिएका दलहरू सत्तामा हुँदा अभिव्यक्ति स्वतन्त्रता संकुचन गर्न खोज्नु दुर्भाग्य भएको बताए ।

Global Ime bank

प्रहरीले निषेधाज्ञाविरुद्ध उत्रिएका आधा दर्जन विद्यार्थीलाई नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रशासन काठमाडौंले गत मंसिर ४ गते माइतीघरसहितका क्षेत्रलाई निषेधित घोषणा गरेको थियो ।

तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी

NSU-Protest-(16)-1705836310.jpg

NSU-Protest-(15)-1705836308.jpg

NSU-Protest-(14)-1705836307.jpg

NSU-Protest-(13)-1705836302.jpg

NSU-Protest-(12)-1705836300.jpg

NSU-Protest-(11)-1705836296.jpg

NSU-Protest-(10)-1705836294.jpg

NSU-Protest-(9)-1705836292.jpg

NSU-Protest-(8)-1705836291.jpg

NSU-Protest-(7)-1705836290.jpg

NSU-Protest-(6)-1705836289.jpg

NSU-Protest-(5)-1705836288.jpg

NSU-Protest-(3)-1705836286.jpg

NSU-Protest-(4)-1705836286.jpg

NSU-Protest-(1)-1705836284.jpg

NSU-Protest-(2)-1705836284.jpg

NSU-Protest-(20)-1705836442.jpg

NSU-Protest-(19)-1705836441.jpg

NSU-Protest-(17)-1705836440.jpg

NSU-Protest-(18)-1705836440.jpg

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १७:१६
NIBLNIBL
प्रतिक्रिया दिनुहोस्