काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस चारदिने भ्रमणका लागि नेपाल आएका छन् । आइतबार बिहान काठमाडौं झरेका गुटेरेस राजनीतिक भेटघाटमा व्यस्त छन् ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गरिसकेका छन् ।
उनले राष्ट्रपतिसहित अन्य शीर्ष नेताहरूसँग भेट गर्ने कार्यसूची छ ।
उनी आजै बानेश्वरस्थित संघीय संसद् भवन पनि पुगेका छन् ।
राष्ट्रसंघको ७८औँ महासभाका क्रममा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको निम्तोमा उनी काठमाडौं आएका हुन् ।
तस्बिरहरू : सुनिल प्रधान र हरिशजंग क्षेत्री/बाह्रखरी
प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८० १५:५९
प्रतिक्रिया दिनुहोस्