
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वासको मत पाएका छन् । सोमबार प्रतिनिधि सभामा प्रचण्डले १७२ मत पाएका हुन् । उनको विपक्षमा ८९ मत परेको छ । तटस्थमा एक मत पर्यो ।
आजको प्रतिनिधि सभा बैठकमा २६२ सांसद उपस्थित थिए ।
प्रधानमन्त्रीलाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदहरूले साथ दिएका थिए ।
प्रधानमन्त्रीको विपक्षमा नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी उभिएका थिए ।
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी