काठमाडौं । आजदेखि रातो मछिन्द्रनाथको रथयात्रा सुरु भएको छ । ललितपुरको पुल्चोकबाट रथ तान्न सुरु गरिएको हो ।
हरेक वर्ष वैशाख शुक्ल तृतियाको दिनदेखि ललितपुरमा रातो मछिन्द्रनाथको रथ यात्रा सुरु हुन्छ । हजारौँ मानिसहरूको उपस्थितिमा बाजागाजासहित पुल्चोकबाट तानेको रथ आज पाटनको गाहाबाल पुर्याइएको छ ।
वर्षाको देवताको रूपमा पुजिने रातो मच्छिन्द्रनाथ रथ जात्रा सबै भन्दा लामो जात्राको रूपमा चिनिन्छ ।
तस्बिरहरू : सुनिल प्रधान र अभिषेक महर्जन
प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९ २०:०९
प्रतिक्रिया दिनुहोस्