site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । अघिल्ला वर्ष झैं चालु आर्थिक वर्षमा पनि सरकार मूल्यवृद्धि नियन्त्रण गर्न विफल भएको छ । 
चालु आवको ११ महिनामा उपभोक्ता मुद्रास्फीति बढेर दुई अंक नजिक पुगेको छ । चालु आवमा सरकारले मूल्यवृद्धि साढे ८ प्रतिशतमा सिमित गर्ने लक्ष्य लिएकोमा बढेर ९.९ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । नेपाल–भारत सीमानाकामा भएको ६ महिना लामो अवरोधले गर्दा आपूर्ति व्यवस्था असन्तुलन हुन गई मूल्यवृद्धि नियन्त्रण बाहिर गएको राष्ट्र बैंकको भनाइ छ ।
बढ्दो आयात र स्वदेशमा उत्पादन घट्दै गएको र आपूर्ति व्यवस्थापनमा असहज, यातायातमा सिण्डिकेट र व्यवसायीको मिलेमतोमा मूल्य निर्धारण (कार्टेलिङ) ले गर्दा मूल्यवृद्धि नियन्त्रण बाहिर गएको हो । सरकारले हालसम्म लिएका कुनै पनि मूल्यवृद्धिका लक्ष्य पूरा भएका छैनन् ।   
अघिलो वर्ष उपभोक्ता मूल्य वृद्धिदर ७.२ प्रतिशत थियो । यो वर्षको जेठमा मूल्य वृद्धि आकासिएर ११.१ प्रतिशत पुगेको छ । यस्तै माघमा १२ प्रतिशत नाघेको थियो । यसअवधिमा खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि दर ११.९ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि दर १०.५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । आगामी आवमा मूल्यवृद्धि दर ७.५ प्रतिशतमा सीमित गर्ने सरकारले लक्ष्य लिएको छ । हालको अवस्था हेर्दा यो सीमामा मूल्य वृद्धिदर रहने अवस्था देखिन्दैन् ।  
 
राष्ट्र बैंकका अनुसार गत साउनमा ६.९ भदौमा ७.२, असोजमा ८.२, कात्तिकमा १०.४ मंसिरमा ११.६, पुसमा १२.१, माघमा ११.३, फागुनमा १०.२,चैतमा ९.७, वैशाखमा १० प्रतिशतका दरले उपभोक्ता मुद्रास्फीति बढेको छ । 
 
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७३  १८:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC